SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/७/१६ गते
    ५१० पटक

    पर्वत । आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनका लागि पर्वत जिल्लामा उत्साहका साथ उम्मेदवारी दर्ता गराईएको छ । अन्तिम अबस्था देखाए जस्तो गरि चर्को गर्जनको साथ वाम गठबन्धनको र नेपाली कांग्रेसको शक्ती पर्दशन पनि गरिएको छ ।

        १ प्रतिनिधीसभा र २ प्रदेश सभाका लागि उम्मेदवारी मनोनयन दर्ता गराईएको हो । यो समाचार तयार पार्दासम्म केही साना दल सहित वाम गठबन्धन र काँग्रेसले उम्मेदवारी मनोनयन दर्ता गराईसकेका छन् ।

    उम्मेदवारी दर्ताका क्रममा वाम गठबन्धनले दशौं हजार कार्यकर्ता सहितको र्यालीले बजार परिक्रमा पछि बडागाउँमा पुगेर कोण सभा पछि जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । कोणसभालाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेश प्रसाद तिमिल्सीना, उम्मेदवारहरु पदम गिरी, नेत्र अधिकारी र विकास लम्सालले सम्बोधन गरेका थिए ।

    वाम गठबन्धनबाट प्रतिनिधी सभाका लागि पदम गिरीले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश सभाका लागि क बाट नेत्र अधिकारी हिमाल र ख बाट विकास लम्सालले उम्मेदवारी दर्ता गराएका हुन् ।

    यसै गरि नेपाली काँग्रेसले पनि र्याली सहित कुस्मा बजार परिक्रमा पछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयन दर्ता गराएको छ । काँग्रेसकोतर्फबाट अर्जुन प्रसाद जोशीले प्रतिनिधीसभामा, नवराज गुरुङ र राजेन्द्र तिवारीले प्रदेशका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad